फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

काठमाडौं,
भदौ १९ ।

सरकारले फेसबुक, एक्स, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यी सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषदले दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतले पनि यस विषयमा परमादेश जारी गरेपछि यसको कार्यान्वयनको लागि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो ।

सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार