काठमाडौं,
भदौ १७ ।
रिया खत्री र विश्वास नेपालीको स्वरमा रहेको गीत ‘कोशेली केरा चाहिन्छ’ सार्वजनिक भएको छ । राजेश नेपाल बबिनको शब्द रचना र विश्वास नेपालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा रियासँगै लोमस शर्माको अभिनय छ ।
गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ । रियाले एक दर्जनभन्दा बढी गीतका भिडियोमा स्वर र अभिनय गर्नुभएको छ ।






