काठमाडौं,
भदौ १६ ।
होमनाथ खनालको दोस्रो कृति ‘शब्दसंगम’ पाठकमाझ आएको छ । पहिलो कृति ‘यात्रा जिन्दगीको’ पाठकमाझ ल्याउनुभएका खनालको दोस्रो कृति ‘शब्दसंगम’ पाठकमाझ आएको हो । कथा, नियात्रा, व्यक्तित्व, कविता र गीतहरूको संगम रहेको यो कृतिलाई मिलाप पब्लिकेशनले प्रकाशन गरेको हो ।
तेह्रथुमको सोल्मामा बुबा स्व.श्रीप्रसाद र माता स्व.धनमाया खनालको कोखबाट जन्मिनुभएका होमनाथ काठमाडौंलाई आधार बनाउँदै देश विदेशको यात्रामार्फत जीवनका थुप्रै रंग, रस र अनुभूति समेटन् सफल हुनुहुन्छ यस कृतिमा । साहित्यका विविध विधामा उहाँले आफ्ना अनुभूतिलाई पोख्नु भएको छ यसमार्फत ।
यसमा गायिका÷कलाकार शिला खनाल, शेखर खनाल, सिर्जना खनाल, गायिका कविता आले, दीपक विष्ट, रामकुमारी राई, कृष्णकुमारी राई ‘ऋतृ’ र सानुमाया राईको शुभकामना मन्तव्य समावेश गरिएको छ । महाकाव्यकार खेमनाथ दाहालको विशेष शुभकामना समावेश गरिएको २४० पेजको यस कृतिलाई पाँचखण्डमा विभाजन गरिएको छ ।
कृष्ण भुसालको सम्पादन रहेको कृतिमा स्रष्टा होमनाथले आफ्ना अलग-अलग अनुभूतिलाई एउटै डालोमा रोखर पाठकमाझ पस्किनुभएको छ । आफ्नो पहिलो कृति ‘यात्रा जिन्दगीको’ले जस्तै यस पुस्तकले पनि पाठको माया पाउनेमा स्रष्टा खनाल आशावादी हुनुहुन्छ । स्नेह डिजाइन एण्ड प्रिन्टको डिजाइन/छपाइ रहेको ‘शब्दसंगम’को मूल्य ४९९ रुपैयाँ राखिएको छ ।






