क्वालालम्पुर,
भदौ १५।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५-०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका प्रमुख आयुक्त विष्णुप्रसाद पौडेलले सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्षमा दिलकुमार केरुङ निर्वाचित हुनुभयो भने उपाध्यक्षमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, बिष्णु चौधरी, बिनोदकुमार यादव र बिमलकुमार राना निर्वाचित हुनुभयो । महिला उपाध्यक्षमा शान्ति थापा, युवा संयोजकमा मातृका खतिवडा र महिला संयोजकमा इन्दु बस्नेत निर्वाचित हुनुभयो ।
महासचिवमा प्रमोद शर्मा, सचिवमा रामकृष्ण कार्की र सबिनकुमार लोप्चन निर्वाचित हुनुभएको छ । त्यस्तै, सहसचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सहकोषाध्यक्षमा राम खड्का निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यमा बिशाल नेगी, रामबहादुर गुरुङ, अर्जुनबहादुर कार्की, सुमन कार्की, जयराम तिमील्सिना, भेखबहादुर घिमिरे, इश्वरकुमार आले मगर, प्रकाश गिरि, सायम्पा घले, प्रमोद कुमार महत्तो, जयप्रकाश साह, डिल्ली न्यौपाने, सेरबहादुर गुरुङ, सन्जिप लिम्बु, दिपक थापा, राजेन्द्र लिङ्देन, रामबहादुर चन्द, राजेन्द्र घिमिरे, सन्तोष अधिकारी, शिबशंकर साह, मणीकुमार थापा, सुरज श्रेष्ठ, जितेन्द्रकुमार साह, शिव थापा, राजु श्रेष्ठ, पासाङ लामा, भोजकुमारी सुबेदी र कृष्णबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सम्पूर्ण निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।






