छायांकनमा ‘पोखरेली मसिनो’

काठमाडौं,
भदौ ११ ।

कुशल छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनमा डेब्यु गर्ने हुनुभएको छ । थुप्रै हिट र सुपरहिट चलचित्रमा विशेष छायांकनकला प्रस्तुत गरिसक्नुभएका कार्की चलचित्र ‘पोखरेली मसिनो’मार्फत निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो । यो चलचित्र सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित शुभमुहूर्त गरिएको छ ।

बाबु-छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने चलचित्र कार्की र अभिनेत्री शान्ति गिरीको संयुक्त निर्देशनमा तयार हुनेछ । लेखन गिरीकै रहने यस चलचित्रको पटकथा शैलेन्द्र-शान्तिले तयार पार्नुभएको छ ।

‘मनसरा’ पछि चामलकै अर्को प्रजातिको नामबाट शीर्षक राखिएको चिलचित्रमा टिका पहाडी, प्रवीण खतिवडा, परीक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापामगर, अभय बराल, अविरल प्रताप अधिकारी र हिउँवाला गौतमलगायत कलाकारकोे अभिनय रहनेछ ।

मंगलबारबाट पोखरामा छायांकन थालिएकोे यो चलचित्र ३० दिनमा छायांकन सम्पन्न गरिने जनाइएको छ । चलचित्र आगामी वर्षको बडादशैंमा रिलिज गर्ने निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार