बुवाको मुख हेर्ने दिन ‘कोशेढुङ्गा’ को ‘हे बरै’ (भिडियोसहित)

काठमाडौं,
भदौ ८ ।
यही भदौ १२ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको लोकप्रिय गीत ‘के बरै’ रि-रेकर्ड गरेर यो चलचित्र समावेश गरिएको हो । आशिष अविरलको स्वरमा गीत रि-रेकर्ड गरिएको छ ।

परदेश गएको छोरो दुस्मनको घेरामा परेपछि अन्तिमपटक परिवारका सदस्यलाई सम्झिएर सम्बोधन गरेको कथा यो गीतमा छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार छन् । मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने क्यारेक्टरमा भिडियोमा देखिनुभएको छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग हुनुहुन्छ । कार्यकारी निर्माता दिनेश खड्का रहनुभएको छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन छ ।

यो चलचित्र ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार