‘माग्ने राजा’लाई अस्ट्रेलियाका २५ हलमा सयभन्दा बढी शो

काठमाडौं,
भदौ ५ ।

यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्रले विभिन्न हलमा एक सय शो पाएको जनाएको छ । बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शोको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताउनुभयो ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त शोसहित रिलिज हुनलागेको बताउनुभयो । उहाँका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन थालेका छन् ।

चलचित्रमा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरीलगायत कलाकारको अभिनय छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्नुभएको हो । मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन छ ।

यसमा तपाइको मत

अन्य समाचार