काठमाडौं,
भदौ ३ ।
‘मिस एण्ड मिसेस गुरुङ’ २०८२’को अन्तरक्रिया सत्रमा नेपाल प्रहरीका एआईजीपी चन्द्र कुबेर खापुङले आफ्ना भनाइ राख्नुभएको छ । सोमबार भएको कार्यक्रममा उहाँले आफ्ना भनाइ राख्नुभएको हो । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तीकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ’को अन्तरक्रिया सत्रमामा एआईजीपी खापुङले आफ्ना भनाइ राख्नुभएको थियो । अन्तरक्रिया सत्रमा प्रेरणादायी मन्तव्य र उत्साही सहभागिताले भरिपूर्ण रहेको थियो ।

प्रतियोगिताको अन्तिम प्रतिस्र्धा नेपाल पुलिस क्लबमा यही भदौ ९ गते हुँदैछ । गत शनिबार मात्रै ‘ट्यालेन्ट राउन्ड’ भव्यताका साथ सम्पन्न भएको थियो ।
एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गर्नुभएको थियो । उहाँका अनुसार, यो संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ बढी व्यवस्थित, भव्य र प्रभावकारी छ । साथै, नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो यो जहाँ सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको छ ।
‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उद्देश्य बोकेको छ ।
शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुनुहुन्छ र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तीकरणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ ।






