दीपक शर्माको स्वरमा ‘छैनन् पियारी’ (भिडियोसहित)

काठमाडौं,
भदौ १ ।

दीपक शर्माको तीज लक्षित गीत ‘छैनन् पियारी’ सार्वजनिक भएको छ । दीपककै स्वर, संगीत र शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा उदयराज पौडेलको एरेन्ज कुमार केसीको मास्टरिङ छ ।

कार्टुन क्रुका सरोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा सरोजसँगै आयुष्मा भट्ट, चण्डिकाराज बस्नेत, विजय अधिकारी ‘बन्नी’, सन्देश थापा ‘चार्ली’, गणेश कायस्थ, शिवराज गिरी ‘लभ’, युगेन्द्र क्षेत्री, प्रभु नारायण श्रेष्ठ, अबिरल बेलाल, कञ्चन श्रेष्ठ, पूर्णिमा धिताल, सुप्रिया भेटवाललगायतको अभिनय छ । बालकलाकारमा शायरा न्यौपानेको भूमिका विशेष आकर्षण बनेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोमा सुरोज अधिकारीको दृश्य सम्पादन छ भने रंग संयोजन राजेन्द्र मोक्तानले गर्नुभएको छ । दीपकका ‘पर्ख पर्ख मायालु’,‘दाह्री फुल्यो बैशैमा’,‘देखन चम्चा,सुनन चम्पा’ लगायत दर्जनौ गीत औधि मन पराइएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार