‘मिस्टर नेपाल २०२५’मा ३० युवा प्रतिस्पर्धा गर्ने

काठमाडौं,
साउन २९ ।

‘मिस्टर नेपाल २०२५’ उपाधिका लागि देशका विभिन्न स्थानबाट छानिएका ३० युवा प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज, काठमाडौं लगायत स्थान र डिजिटल अडिसनमार्फत प्रतियोगी चयन गरेको हो ।

छानिएका प्रतियोगीमध्ये कृष्ण कसुधम (नेपालगञ्ज), इन्द्र ढुंगेल (महेन्द्रनगर), रेजो नकुमार गौतम (धनगढी), सन्देश गजुरेल (नुवाकोट), निशान्त बुढायर (कञ्चनपुर), कुशग्र गुप्ता (नेपालगञ्ज), सत्यम पाठक (काठमाडौं), निश्चल मानन्धर (हेटौंडा), अजय रौनियार (दुहबी–सुनसरी), विजय स्याङ्तान (मकवानपुर), अशिम बस्नेत, गिरीश रत्न शाक्य (भद्रपुर–झापा), प्रणिप श्रेष्ठ (काठमाडौं), अजय रिजाल (धनगढी), सक्रिया घिसिङ तामाङ (काठमाडौं), सन्दीप भारती (काठमाडौं), एञ्जल गिरी (धरान), आशिष गिरी (अमेरिका), अष्टिन शेरचन (ललितपुर), दर्पण सिंह गिरी (पोखरा), दिनेश गुरुङ (स्याङ्जा), हिमाञ्चलराज केसी (ललितपुरं), निशान कार्की (विराटनगर), सबल कटुवाल (कटारी–उदयपुर), विशनजंग निरौला (इटहरी), सुजल उपाध्याय (भैरहवा), प्रकाश चौहान (मोरङ), निशान्त केसी (सुर्खेत), लक्ष्मणचन्द ठकुरी (बैतडी) र प्रभात थापा क्षेत्री (नेपालगञ्ज) रहनुभएको छ ।

फाइनलका लागि सहभागीले स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, छोटो हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विषयमा प्रशिक्षण लिनेछन् । साथै, आन्तरिक पर्यटन प्रवर्द्धनका उद्देश्यले विभिन्न गतिविधि सञ्चालन हुने नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जनाइन् ।

यस वर्षको प्रतियोगिताबाट ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरी तीन विजेता चयन गरिनेछ। उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेताले पाँच लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिता पुरुष सहभागीका लागि नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित मानिन्छ । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिपको जिम्मेवारी प्रशान्त ताम्राकारले लिनेछन्। नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार यसपटकको संस्करण विगतको भन्दा भव्य हुनेछ ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी सेप्टेम्बर १२ मा काठमाडौंको सोल्टी होटलमा हुने छ ।

यसमा तपाइको मत

अन्य समाचार