सिड्नीमा ‘पीआर’को रेड कार्पेट प्रिमियर

काठमाडौं,
साउन २६ ।

सलोन सलिना फिल्मसको प्रस्तुतिमा शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’को अस्ट्रेलियाको सिड्नीमा रेड कार्पेट प्रिमियर गरिएको छ । सिड्नीको हर्सभिलस्थित इभेन्ट र भी म्याक्स हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको हो ।

चलचित्र एकसाथ चार हलमा रेड कार्पेट प्रिमियर गरिएको थियो । सिड्नीको बरूउडस्थित इभेन्ट सिनेमामा थप प्रिमियर गरिने तय भएको निर्देशक शोभित बस्नेतले जानकारी दिनुभयो ।

‘सिड्नीमा रहनुहुने दर्शकहरूले यो फिल्म मन पराउनुभएको छ । हामी निकै उत्साहित भएका छौँ । यति धेरै माया देखाउंनुभएका कारण हामी अन्य सहरहरूमा पनि शोहरू गर्ने योजनामा छौँ’, रेड कार्पेट प्रिमियरपछि बस्नेतले भन्नुभयो ।

यो चलचित्र अस्ट्रेलियामै छायांकन गरिएको हो । र, अस्ट्रेलियामा नै रहेका केही कलाकारको अभिनय छ । चलचित्रमा अस्ट्रेलियामा पीआर अर्थात् स्थायित्व पाउन नेपाली विद्यार्थीले गरेका दुःखपीडा प्रस्तुत छ ।

चलचित्र निर्माता रञ्जित शाहले अस्ट्रेलियामा संघर्षरत नेपाली विद्यार्थीका दुःख र संघर्षको कथालाई दर्शकले मन पराएको बताउनुभयो । आफूले भोगेको कथा नयाँ पुस्तामा हस्तान्तरण गर्न चलचित्रमा लगानी गरेको शाहको भनाइ छ ।

चलचित्रमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमल खत्री, नविन गयाल र कुशल थापाको अभिनय छ । चलचित्रमा बिशेष अतिथी कलाकारहरू नीर शाह, रबीन्द्र खड्का र गौरी मल्लको पनि उपस्थिती छ ।

नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानीमा छ । चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मानस राज र भीम वीसीको संगीत, बन्दे प्रसादको सम्पादन, गणेश वुढाथोकीको लेखन, मनोज श्रेष्ठको भीएफएक्स छ ।

यसमा तपाइको मत

अन्य समाचार