काठमाडौं,
साउन २५ ।
सुजाता उपाध्यायको स्वरमा रहेको तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक गरिएको छ । किरण भण्डारीको शब्द रचना÷संगीत, उदयराज पौडेलको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा प्रतिक्षा काफ्लेको नृत्य एवं अभिनय रहेको छ । टिपिकल लोक शैलीलाई फ्युजन गरिएको यो गीत गायिका सुजाताकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुशील डाँगीको छायांकन तथा सम्पादन रहेको भिडियोमा साइमन राजबंशीको कोरियोग्राफी छ ।






