नित्याशिवा र शंकर सौगातको स्वरमा ‘कैलाशबासी भोलेनाथ’ (भिडियोसहित)

काठमाडौं,
साउन १४ ।

नित्याशिवा र शंकर सौगातको स्वर र अभिनयमा तयार पारिएको शिव भजन ‘कैलाशबासी भोलेनाथ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो भजन नेपाली मूलधारका परम्परागत भजनहरूभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ ।

शंकर अधिकारी ‘घायल’को शब्द रचना, संगीत रहेको गीतका भिडियोमा निर्देशन पनि घायलकै रहेको छ । उमेश शाहको छायांन रहको भजनको भिडियोमा राजेश कुमारको दृश्य सम्पादन तथा रंग संयोजन छ । मेकअप मदन न्यौपानेले र नृत्य निर्देशन राजन महर्जनले गर्नुभएको छ ।

भजनको रेकर्डिङ ड्रिम्स स्टुडियोमा दिल समर्पणले गर्नुभएको हो भने प्रकाश केसीले मिक्सिङ र मास्टरिङ गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार