कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने

काठमाडौं,
साउन १३ ।

कमेडी दरबार टिमले चलचित्र ‘क का कि की’ निर्माण गर्ने भएको छ । सोमबारको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

विक्की अग्रवाल र श्रद्दा प्रसाईँको संयुक्त निर्देशन रहने चलचित्रमा गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहने जनाइएको छ । त्यस्तै, कमेडी दरबारका कलाकारहरू मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायतको पनि अभिनय रहने जनाइएको छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रको कन्सेप्ट सुमन अग्रवालको रहेको छ । विक्की अग्रवालको पटकथा रहने चलचित्रको सम्वाद लेखन भने विक्कीसहित विकाश अर्याल र सरोज भण्डारीले संयुक्त रुपमा गर्नुहुनेछ ।

श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा रहने चलचित्रको छायांकन सुदीप बरालले गर्नुहुनेछ । चलचित्रको नेपाल वितरण श्री वेंकेटेश, अन्तर्राष्ट्रिय वितरण सेवन सिज र डिजिटल वितरण अधिकार ओएसआर डिजिटलले लिने जनाइएको छ ।

निर्देशकमा डेब्यु गर्दै गर्नुभएका विक्कीले बडा दशैंको भोलीपल्टबाट छायांकन शुरु हुने जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार