काठमाडौं,
साउन १३ ।
लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको तीज गीत ‘घन्काइदेउ मादलु’ सार्वजनिक भएको छ । बाल्यकाल, प्रेम र माइतीको याद समेटिएको गीतमा शब्द सञ्चारकर्मी सबिता पोखरेलको, संगीत सुमन पण्डित बैरागीको र संगीत संयोजन मदन केसीको छ । केसु गुरुङ र सरु केसीको कोरस भोकल रहेको गीत एमबी स्टुडियोमा रेकर्ड गरिएको हो ।
निरेन श्रेष्ठको निर्देशन र नितिन वाइबाको कोरियोग्राफी रहेको गीतको भिडयोमा रिचा खड्कासहित गायिका लक्ष्मीको पनि अभिनय देख्न सकिन्छ । सुनिल भण्डारीको छायांकन रहेको गीतको भिडियो लक्ष्मीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






