‘खुच्चिङ बरिलै’ भन्दै प्रीति आले (भिडियोसहित)

काठमाडौं,
साउन १३ ।

नारी पर्व तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसै क्रममा चर्चित गायिका प्रीति आलेले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको तीज गीत ‘खुच्चिङ बरिलै’ सार्वजनिक गरेको छ ।

गायिकाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रीतिसहित दिविशा शर्मा, कमला निरौला, तुलसा अधिकारीलगायत कलाकारहरूले अभिनय र नृत्य प्रस्तुत छ । भिडियोको छायांकन करण चैसिरले गर्नुभएको छ भने दृश्य सम्पादन नवीन घर्तीमगरले गर्नुभएको छ । कोरियोग्राफी र निर्देशन जेरी भण्डारीले गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार