‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत ‘मसुरीको दाना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १२ ।

चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को गीत ‘मसुरीको दाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीको अभिनय छ । प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय छ । यो चलचित्र भदौ ६ गते रिलिज हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार