काठमाडौं,
साउन ३ ।
सञ्जु न्यौपानेको स्वरमा रहेको तीज गीत ‘आमाले सुने लुकेर रोलिन’ सार्वजनिक भएको छ । रञ्जना कडरियाको शब्द रचना, सजिना लामिछाने/भुवन भट्टराईको संगीत र राजीव शाहको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतले महिलाको जीवनका पीडा र सामाजिक समस्यालाई मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
सजिनाको निर्देशन रहेको गीतको भिडियोमा उहाँकै मुख्य भूमिका छ । भिडियोमा सजिनासँगै रञ्जना कडरिया, खादानन्द कडरिया, निरु कडरिया, वासु खनाल, भीम मैनाली, भुवन भट्टराई, अस्मिता कार्की, शान्ति शर्मा, राधाकृष्ण पुडासैनीलगायतको अभिनय छ ।
संगीता महताराको शृंगार, रमिता बोहराको छायांकन रहेको गीतको भिडियोमा राज धामीको दृश्य सम्पादन छ ।






