‘किस्ने कहाँ छ ?’को घोषणा

काठमाडौं,
साउन ३ ।

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने कमेडी चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माण घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएको दृश्य छ, जहाँ चालक बाटोमा काम गरिरहेका एक व्यक्तिसँग संवाद गरिरहेको देखिन्छ । यस दृश्यमार्फत् चलचित्रले सामाजिक यथार्थ झल्काउने संकेत दिएको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद लेखक विनयराज पौडेलले तयार पार्नुभएको छ । ग्रिन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा हेमन्त बस्नेतको लगानी रहेको छ भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहनुभएको छ ।

निर्देशक बस्नेतका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ । यद्यपि, कलाकार छनोट प्रक्रिया जारी रहेको र चाँडै टुंगो लाग्ने निर्माण पक्षले जानकारी दिएको छ । कमेडी विधामा आधारित ‘किस्ने कहाँ छ ?’ नेपाली समाजको गहिरो चित्रण गर्ने उद्देश्यले तयार पारिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार