काठमाडौं,
असार ३० ।
अन्तरजातिय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा प्रभातपाल ठकुरी अनुबन्धित हुनुभएको छ । प्रभातपाललाई चलचित्रमा अभिनेत्री निती शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनिक नगरिएको चलचित्रको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुनुहुन्छ ।
चलचित्रमा यसअघि नै मुकुन भुसाल, निती शाह, ऋचा शर्मा र विनोद न्यौपाने अनुबन्धित् भइसक्नुभएको छ । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री हुनुहुन्छ ।
बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले जानकारी दिनुभयो ।
बाबुल गिरीको सङ्गीत अनि श्याम तामाङको छायांकन रहने यो चलचित्र दाङ तथा प्युठानका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ ।






