‘बाकस’ निर्माणको घोषणा

काठमाडौं,
असार २७ ।

गुरु पूर्णिमाको पावन अवसर पारेर चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ । पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा निर्माण घोषणा गरिएको हो । चलचित्रमा निर्देशक पन्तकै कथा लेखन छ ।

नेपाली परिवेशको कथामा निर्माण गरिने चलचित्र ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ । हाल चलचित्रको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा शंकर अधिकारी ‘घायल’ र नारायण बस्नेतका गीत रहनेछन् । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो चलचित्र २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार