‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ (भिडियोसहित)

काठमाडौं,
असार २५ ।

चलचित्र ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको छ । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डान्सिङ नम्बरको रूपमा तयार गरिएको यस गीतमा दीपक शर्माको शब्द र संगीत छ भने रचना रिमाल र सविन सुवेदीको स्वर छ । गीतको भिडियोमा केदार र वर्षाको नृत्य देख्न सकिन्छ । कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो ।

मधुसुदन शर्मा निर्मित र ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ बाट लामिछाने करिब आठ वर्षपछि निर्देशनमा फर्किनुभएको हो । चलचित्रका प्रस्तुतकर्ता तथा सह-निर्माता मुनाल घिमिरे पनि लामो समयपछि निर्माणमा फर्किनुभएको हो । हाल उहाँ दाङको घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्ष हुनुहुन्छ । निर्देशक लामिछानेका अनुसार ‘माग्ने राजा’ ले आफैँलाई राजा ठान्ने अहिलेको युवापुस्ताको मनोविज्ञान र समाजिक कथावस्तु प्रस्तुत गर्नेछ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रमा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, तथा टिकटकर मोडल पवित्रा साकी (मिस पबी) को अभिनय छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

नरेन्द्र मैनालीको छायांकन, मित्र डी गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा र संवाद, तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो चलचित्रको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार