सारिकाको ‘गुन भुल्यौ’ करोड दर्शकको रोजाइ

काठमाडौं,
असार २५ ।
सारिका घिमिरेको पछिल्लो यो गीत ‘गुन भुलेऊ पित्तलको सुन पायौ होला, भूइँ छोड्यौ आकाशको जून पायौ होला’ लाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । सार्वजनिक भएको डेढ महिना नपुग्दै गीतले युट्युबमा १० मिलियन बढी भ्युज पाएको हो । मे ३० (जेठ १६) मा सार्वजनिक भएको यो गीत सोसल मिडियामा निकै भाइरल भएको थियो । अहिले पनि गीतको चर्चा सेलाएको छैन ।

प्रेम-विछोडको पीडा समेटिएको गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सारिकाकै छ । गीतको भिडियोमा पनि सारिका स्वयंले अभिनय गर्नुभएको छ । गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताउनुभएकी सारिकाको स्वर, शब्द र संगीतमा बुनिएको यो गीतका टिकटक र रिल्समा यसमाथि हजारौं भिडियो बनेका छन् ।

यद्यपि यो उहाँको पहिलो सांगीतिक सिर्जना भने होइन । यसअघि पनि उहाँका धेरै गीत श्रोता÷दर्शकमाझ आएका छन् । तर, अघिल्ला सांगीतिक सिर्जनाभन्दा पछिल्लो यो गीतले उहाँलाई चर्चा दिलाएको छ । सारिकाले यसअघि गाएका ‘ऐँसेलुको पात’ लगायत गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार