‘जदौ’मा निती

काठमाडौं,
असार २३ ।

चलचित्र ‘जदौ’ को प्रमुख अभिनेत्रीमा निती शाह अनुबन्धित् हुनुभएको छ । निती र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको चलचित्रको प्रमुख एक अभिनेतामा मुकुन भुसाल अनुबन्धित् भइसक्नु भएको छ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री हुनुहुन्छ । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको यो चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

बाबुल गिरीको संगीत रहने चलचित्र दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा छायांकन गरिने छ । अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको ‘जदौ’का निर्देशकको नाम भने खुलाइएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार