सुमी पराजुलीको स्वरमा ‘ढाँट्यो मायाले’ (भिडियोसहित)

काठमाडौं,
असार १४ ।

सुमी पराजुलीको स्वरमा रहेको गीत ‘ढाँट्यो मायाले’ सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको शब्द रचना, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुस्कान ढकालको निर्देशन रहेको गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय छ । गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ ।

दीपक गिरीको छायांकन, विकास दाहालको दृश्य सम्पादन रहेको भिडियोमा रोजिना श्रेष्ठको मेकअप, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाको छ । एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार