काठमाडौं,
असार १३ ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘पीआर’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच टिजर सार्वजनिक गरिएको हो । टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष उनीहरूको दुःख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ ।
चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, नवीन घायल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, उत्तम केसी र दीक्पाल कार्कीले अभिनय गर्नुभएको छ ।
रन्जित शाह (आरएफएम फयासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नुभएको छ । यस चलचित्रको कथा पनि उहाँकै रहेको छ ।
चलचित्रका निर्माताका रूपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहनुभएको छ । चलचित्रमा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन छ । चलचित्रको मुख्य सहायक निर्देशकका रूपमा रामजी राउत, गणेश बुढाथोकी, मणि तामाङ रहनुभएको छ ।
केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहेको यो चलचित्रको छायांकन अस्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतले जानकारी गराउनुभयो । निर्माण पक्षका अनुसार यो चलचित्र यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डको सबै सहरमा र रिलिज गरिँदै छ ।
यस बाहेक दशैँको आसपासमा विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षको जनाएको छ । चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।






