मिस नेपाल २०२५ का लागि आवेदन खुला

काठमाडौं,
असार ११ ।

मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधिसमेत थप गरिएको जानकारी गराएको छ । सहभागी हुन चाहनेले असार २६ गतेसम्म आवेदन दिन सक्नेछ्न् ।

मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज हलमा सम्पन्न हुनेछ । यो वर्ष प्रतियोगिताबाट चार विजेता घोषणा गरिने जनाइएको छ ।

मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ । ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कस्मो’मा सहभागी हुन पाउनेछन् ।

आयोजक संस्था हिडन ट्रेजर मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न शहरमा पुग्नेछ । त्यसैगरी, अन्तिम अडिसन २८ गते काठमाडौँमा हुनेछ । छनोट सुन्दरीहरुले ग्रान्ड फिनालेका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।

हिडन ट्रेजरका निर्देशक सुवर्णबहादुर क्षेत्री विगतका उपलब्धिमा टेक्दै सुनौलो भविष्यतर्फ मिस नेपाल अगाडि बढेको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार