‘जहाजैमा’मा ‘माग्ने बुढा’

काठमाडौं,
असार ११ ।

निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको चलचित्र ‘जहाजैमा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित हुनुभएको छ । सोमबार चलचित्रको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको हो ।

कृषा र केदारले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लाग्नुभएको हो । चलचित्रमा केदार अनुवन्धित भएपछि कृषाले भन्नुभयो,‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’

यो चलचित्र यतिवेला प्रि-प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको प्रि-प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाईं जापानबाट नेपाल आउनुभएको छ ।
चलचित्रमा मल्टिस्टारर कलाकारहरू रहने छन् । अन्य कलाकारहरूसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रमा यसअघि जापानीज नायिका रुजेल इचिमिया अनुबन्धित हुनुभएको थियो । चलचित्रले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । चलचित्रलाई नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार