काठमाडौं,
असार २ ।
मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’मा नेपाली बालक आरभ गौतमले शीर्षसहित तीन उपाधि चुम्न सफल हुनुभएको छ । प्रतियोगितामा उहाँले ‘किड युनिभर्स २०२५’को उपाधि चुम्नुभएको हो । यसका अलवा उहाँले ‘वेष्ट इन स्पोट वयर’ र ‘किड इन्टिलिजेन्ट’ सव टाइटल जित्न सफल हुनुभएको थियो ।
मलेसियाको कोटाकिना बालु शहरमा गत ११ देखि १४ जुनसम्म आयोजना भएको कार्यक्रममा ‘किड युनिभर्स २०२५’ तर्फको विजेता शनिबार चुनिएको हो । ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । चार दिन नियमित आयोजना भएको प्रतियोगीतामा गौतमले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन प्रवद्र्धनसमेत गर्नुभएको थियो ।
प्रतियोगितामा बालबालिकासँगै फेसन कोच राज फैजु पनि सहभागी हुनुभएको थियो । गौतम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज २०२४’का विजेता हुनुहुन्छ । प्रतियोगिताका लागि गौतमको फेसन कन्सेफ्ट डिजाइनर श्रीषा बैदारले तयार गर्नुभएको थियो ।






