काठमाडौं,
असार २ ।
मिस एण्ड मिसेस ब्युटिफुल दशौं संस्करणको पहिलो अडिशन सम्पन्न भएको छ । वरिष्ठ अभिनेत्री सनी रौनीयारको विशिष्ठ अतिथि रहनुभएको ग्राण्ड अडिशनमा नायक रमेश उप्रेती, उद्यमी एवं र्यापर एण्ड डाइभकी संस्थापक रीता आचार्य, हाँस्य कलाकार एवं निर्देशक गोपाल ढकाल ‘छन्दे’, गत वर्षकी मिसेस ब्युटिफुल विजेता विजय अधिकारी, कलाकार केदार खड्कालगायतको निणार्यक मण्डलको टिमले इच्छुक सहभागीको छनौट गर्नुभएको थियो ।
मिस तथा मिसेस विधामा करिब दुई दर्जन बढी अडिशनमा सहभागी भएको आयोजक समितिका अध्यक्ष एवं दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले जानकारी दिनुभयो । विवाहित तथा अविवाहित दुवैले सहभागिता लिनसक्ने र यस अडिशनमा छुट भएका सहभागीले दक्ष इन्टरनेशनलको कार्यालय, बानेश्वरमा सम्पर्क गर्न सकिने जनाइएको छ । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पाण्डेका अनुसार यस अडिशनबाट छनौट भएका सहभागीले अर्को हप्ताबाट एक महिने विविध तालिम प्रदान गरिने छ ।
साउन १० गते नेपाल पुलिस क्लबको हलमा ग्राण्ड फिनाले सम्पन्न हुने सेलीब्रेटी मेकअप आर्टिष्टसमेत रहनुभएका पाण्डेले जानकारी दिनुभयो । अन्तिम प्रतियोगीहरूको इन्टनरनेशनल कारियोग्राफर आश्विनी झाबाट तालिम प्रदान गरिने जनाइएको छ ।
अफिसियल कोरियोग्राफर झाले दुवै प्रतियोगिताका सहभागीका लागि जीवन उपयोगी हुने बताउनुभयो । मिसेस व्युटिफुल नेपाल २०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव शेयर गर्नुभएको थियो । कार्यक्रमका व्यवस्थापक एवं सौन्दर्यकर्मी सुप्रिया उप्रेतीले यो प्रतियोगिता महिलालाई आफूभित्र अन्तर्निहीत प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो ।
प्रतियोगिताबाट शीर्ष उपाधिका साथमा विभिन्न उपाधि, गिफ्ट हृयाम्पर प्रदान गरिने आयोजक पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगीलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधिमासमेत सहभागी गराइनेछ ।






