आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं,
जेठ २२ ।

आज विविध कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । पर्यावरणप्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसंघको आहृवानमा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ ।

वातावरण दिवस मनाउनुभन्दा एक वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।

वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी सम्मेलनको एक वर्षपछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि यसदिन विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित यो दिवस मनाइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार