सज्जुको स्वरमा ‘सबैलाई छोडेर’ (भिडियोसहित)

काठमाडौं,
जेठ २२ ।

नेपाल भाषाका गायक सज्जु मानन्धरको स्वर रहेको गीत ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । जसमा नायिका प्रियंका कार्की र अभिनो बिन्दे मर्हजनको अभिनय छ । भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहर्‍याइएको छ । भिडियोमा एक प्रेमील रोमान्टिक जोडीको सफल प्रेम कथालाई निर्देशक कृष्णदेव रूपाखेतीले देखाउनुभएको छ ।

विसं २०५५ सालदेखि गायनमा सक्रिय सज्जुले आफ्नो पहिलो गीतलाई नयाँ रूप र सोचसहित पुनः निकालेको बताउनुभयो । गायक सज्जुले राम्रो गीत अझ परिष्कृत गरेर प्रस्तुत गरेको हुनाले आफूले दर्शकको मन जित्ने अपेक्षा राखेको बताउनुभयो । दुई दशकअघि निकालिएको रागिनि वन एल्बमको पहिलो गीतका रूपमा ‘सबैलाई छोडेर’ रहेको थियो ।

भिडियोलाई पहिलो गीतको निर्देशन गरेका निर्देशक कृष्णदेव रूपाखेतीले नै रिमेक गीतको पनि निर्देशक गर्नुभएको हो । गीतमा डा.राजु मानन्धरको शब्द र जुगल डंगोलको संगीत छ । ओआरएस डिजिटलमार्फत सार्वजनिक भएको गीतको प्रस्तुतकर्तामा गणेशदेवी फाउण्डेशनका अध्यक्ष स्नेह सायमी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार