राम, अमृत, गंगा र संचिताको स्वरमा ‘बेलवटम’ (भिडियोसहित)

काठमाडौं
जेठ १७ ।

रामकुमार नेपाली, अमृत भारती, गंगा सोनम र संचिता नेपालीको स्वरमा रहेको गीत ‘बेलवटम’ सार्वजनिक भएको छ । अमृतको शब्द, रामकुमारको संगीत र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको काठे भाका गीतको  भिडियो सार्वजनिक भएको हो ।

सञ्जीव ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा सञ्जीव ठकुरी, दिपेन्द्र सोनम, मिना परियार, यमुना मगर, राजकुमार ठकुरी लगायतको साथमा गायक, गायिका फिर्चड छन् । सन्तोष तिमल्सिनाको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको दृश्य सम्पादन छ । ठकुरी फिल्मस् र भारती पिक्चर्स प्रा.लिको प्रस्तुति रहेको गीतको भिडियो भारती पिक्चर्स युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार