काठमाडौं,
जेठ ११ ।
सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । निलम रोजुको शब्द तथा संगीत र मनोज थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किरण राईको निर्देशन रहेको गीतको भिडियोमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीका लागि घरबाट टाढा रहँदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ । भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गर्नुभएको हो । तुलशा लिम्बुको छायांकन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको छ ।






