रामचन्द्र र जुनुको स्वरमा ‘कल्ले भन्यो…’ (भिडियोसहित)

काठमाडौं,
जेठ ११ ।

काठमाडौं । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको गीत ‘कल्ले भन्यो…’सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द, सन्तोष प्रगाढको संगीत रहेको भिडियोलाई मल्लिका राजोपाध्यायले निर्माण गर्नुभएको हो ।

प्रियासी रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्डिङ गरिएको गीतमा सम्पादन र रंग संयोजन राजेन्द्र पुरीले गर्नुभएको छ । बबिता श्रेष्ठको निर्देशन, उत्तम हुँमागाईंको छायांकन रहेको भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायलाई प्रेमिल जोडीको रूपमा देखाइएको छ । गीतको भिडियो मल्लिकाको अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार