काठमाडौं,
जेठ २ ।
यही जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को अस्ट्रेलिया अधिकार बिक्री भएको छ । राजेश हमालको कमब्याक भनिएको चलचित्रको अस्ट्रेलिया अधिकार बिक्री भएको हो । चलचित्रको अन्य देशमा पनि माग भइरहेको लेखक तथा निर्देशक दिवाकर भट्टराइले बताउनुभयो ।
म महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा निर्माण भएको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ ।






