काठमाडौं,
वैशाख २८ ।
इन्द्रकला राई र रूपेश राईको स्वरमा रहेको गीत ‘ननिदाई रातैभरि’ सार्वजनिक भएको छ । राजेशकुमार श्रेष्ठको शब्द रचना एवं एरेञ्ज, एलिश कार्कीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सञ्चारकर्मी त्रिषा केसीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडीले आफ्नो प्रेमको लागि गरेको संघर्ष भिडियोमा देख्न सकिन्छ । मिस्टर काजीको कोरियोग्राफी रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको दृश्य सम्पादन र रूप मानन्धरको मेकअप छ ।






