काठमाडौं,
वैशाख २५ ।
चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न विधाका चलचित्रकर्मीलाई आर्थिक सहयोग गरेको छ । वोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार निधन भएका प्राविधिक श्रीकृष्णप्रसाद तिमिल्सिनाको परिवारलाई मृत्यु संस्कार खर्चका रूपमा ५० हजार दिइएको छ । प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई लिभर डायलासिसका लागि कोषबाट एक लाख दिइएको छ ।
ब्रेन हृयामरेज भई ग्रीनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको उपचारका लागि कोषबाट एक लाख दिइएको छ । कलाकार गोकुल सुवेदीलाई उपचारका लागि ४० हजार दिने निर्णय भएको अध्यक्ष डिसीले जानकारी गराउनुभयो ।






