काठमाडौं,
वैशाख २४ ।
बाह्रौं म्युजिक खबर म्युजिक अवार्ड-०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० वैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको आयाजकले जनाएको छ । राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाबाट आगामी जेठमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट एक घोषित गरी अवार्ड प्रदान गरिने अवार्डका संयोजक सबिता पोखरेलले जानकारी गराउनुभयो ।
त्यसैगरी अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानितसमेत गरिने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रमको सल्लाहकारमा वरिष्ठ कलाकार, निर्देशक मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा सल्लाहकार रहनुभएको छ ।
त्यस्तै अवार्डको टिममा अध्यक्ष समुन पण्डित, संयोजक सबिता पोखरेल, कार्यक्रम निर्देशक शान्तिप्रिय, निर्देशक गणेश घिमिरे र अफिसियल उद्घोषक मन्जु पौडेल एवं निराजन भण्डारी रहनुभएको छ । अवार्डको सदस्य टिममा भने प्रकाश भट्ट, माधव निर्दोष, सीता केसी, बादल थकाली, दिनेश थापा रहनुभएको छ भने साउण्डतर्फ छिरिङ भुटिया र स्टेजतर्फ रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
शुभकामना मिडिया सोलुसनको आयोजना एवम् म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्ड विगत १२ वर्षदेखि निरन्तर हुँदै आएको छ । अवार्डमा म्युजिक खबर फाउण्डेशनको सहकार्य रहेको छ ।
यस्तो छ उत्कृष्ट पाँचको मनोनयन
उत्कृष्ट राष्ट्रिय भावको गीत
हिमाल हेरेर-कल्याण श्रेष्ठ
जुटौ साथी हो -भीमसेन खतिवडा/सूर्यमणि आचार्य
खेलाडी-डा.ओमकृष्ण प्रसाईं
उठ्नुपर्छ- दिलिप योञ्जन तामाङ
कता छ स्वर्ग-एस.पी. कोइराला
उत्कृष्ट पप गीतकार
आएन न्यौपाने-एक्स लभर
डब्बु क्षत्री- बजाइदेउ न बाजा
रमेश कोइराला-कुरा सिधै छ
राज कर्माचार्य-जीवन एक संघर्ष हो
सुरेश क्षेत्री- हेरिदऊे हाँसिदेउ
उत्कृष्ट पप संगीतकार
आश्रा कुँवर-इतिहास तिम्रो मेरो
जुगल डंगोल-जीवन एक संघर्ष
योगेश काजी- कलियुगकी राधा
टीका बमजन-अरे नि हो
राजेन्द्र बजगाईं-फूल तिमी
उत्कृष्ट पप गायक
चेस्टर लिम्बू-जीवन एक संघर्ष
छिरिङ भोटे-हेरिदेऊ हाँसिदेउ
प्रेज्ज्वल नेपाली-कस्तो माया
विनय कार्की-एक्स लभर
टीका बमजन-अरे नि हो
उत्कृष्ट पप गायिका
आश्रा कुँवर-इतिहास तिम्रो मेरो
ईश्वरी बराल-माया कि छैन
सारिका घिमिरे-कलियुगकी राधा
सरु गौतम-फूल तिमी
सरिता भारती-बजाइदेउ बाजा
उत्कृष्ट लोकदोहोरी मिक्सिङ
खड्ग बाजुराली-ठूली
कृष्ण लामिछाने-तिम्रो जवानी
विमल छिनाल-म यसरी हारिदिन्छु की
एचबीएन किस्मत-बस्यौ अलग्गै
मनोज परियार-पर्म लाउलानी
उत्कृष्ट लोकदोहोरी संगीत संयोजक
कृष्ण वि.क. ‘भान्जा’-डोरी बाटेर
विश्वास नेपाल-घामको झुल्को
विनोद बाजुराली-सिठ्ठी फुकेर
तेजेन्द्र दूरा-तिम्रो जवानी
मदन केसी-म यसरी हारिदिन्छु की
उत्कृष्ट म्युजिक भिडियो मोडल महिला लोकदोहोरी
अस्मिता पुरी-फूलमाया
अस्मिता राना-बिजुली तार
जुना कार्की-बाँसको चोयाले
जुना गुरुङ -युके बस्ने माया
नारायणी खत्री- मन परेको सैं
उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष लोकदोहोरी
बादल घिमिरे-कसम तोड्ने भा
सुमन परियार-राम सिता
लोमश शर्मा -बिजुली तार
सुरेन्द्र कुमार दाहाल-मेरो पहिलो माया
पल शाह-पिरिम लगाम कान्छी
उत्कृष्ट म्युजिक भिडियो निर्देशक लोकदोहोरी
विशाल घमिरे-बस्यौ अलग्गै
चित्र मास्की मगर-लामपाते सुरती
याम गुरुङ -ढल्केबरैमा
जेरी भण्डारी-रुँदै हिंड भन्दी
मौसम हिमाली-कश्मिरे पछ्यौरी
उत्कृष्ट शब्द लोकदोहोरी
सूर्य कुमार परियार-घामको झुल्को
सन्तोष सापकोटा-बस्यौ अलग्गै
अनिश दवाडी-रुँदै हिंड भन्दी
सामना शाह-आँसुको बर्षात्
रमेश परियार- म यसरी हारिदिन्छु की
उत्कृष्ट भाका लोकदोहोरी
कृष्ण केसी-ठूली
सन्तोष दवाडी-सिठ्ठी फुकेर
विवेक धिताल-सुन्दर बजार कटेसी कुन्छा
कमल बिसी माल्दाइ-डोरी बाटेर
निश्चल दवाडी-कश्मिरे पछ्यौरी
उत्कृष्ट गायिका लोकदोहोरी
सुनिता बुढा क्षेत्री-उजेली
रेजिना परियार-सुन्दर बजार कटेसी कुन्छा
शान्तिश्री परियार-म यसरी हारिदिन्छु की
संगम लामिछाने -ए गौरी
दिपिका बयम्बु-कश्मिरे पछ्यौरी
उत्कृष्ट गायक लोकदोहोरी
अर्जुन सापकोटा-बस्यौ अलग्गै
खेम सेन्चुरी-पर्म लाउलानी
बद्री सापकोटा-युके बस्ने माया
सरोज लामिछाने-खोली तरेको
सुशील ज्ञवाली-लजाउँदै लजाउँदै
उत्कृष्ट कल्चरल गीत
म त बुढो-आरके गुरुङ र तारा श्रीष मगर
ठट्यौली ठाडो भाका-शुक्र तामाङ र रेजिना परियार
बेनी झरेको-बेलीमाया पुलामी र सन्तोष परियार
जुध्यो नजर-रेश्मा तामाङ र देवराज आले मगर
तिम्रो जवानी-अबिनाश थापा मगर र शान्तिश्री परियार
उत्कृष्ट लोकगीत
आफ्नो आफ्नो दुःख-समिक्षा अधिकारी
पापीनी मायालाई-रामचन्द्र चन्द
चरिले बन फेर्याे-कृष्णा मल्ल
तैका ठमक-गोविन्द भट्ट
जप्दै नाम-बालकुमार श्रेष्ठ
उत्कृष्ट नवप्रतिभा
अन्जु विश्वकर्मा-डोरी बाटेर
सुमी पराजुली-चुम्मा चपक्कै
बिना बुढा मगर-पर्म लाउलानी
रायन बस्याल-घामको झुल्को
संगीता बडुवाल-मनकी कली
उत्कृष्ट चलचित्र गीतकार
जयन जे. वाइबा-यो देश (दिमाग खराब)
प्रमोद ढुंगाना-हारेको छैन (उपहार)
हर्क साउद-दर्शन गरें (पूजार सार्की)
सुरेन्द्र राना-रुकुमैकोट (खुस्मा)
यादव लम्साल-कसम बत्तीको (ज्वाइँसाब)
उत्कृष्ट चलचित्र संगीतकार
अर्जुन पोखरेल-कसम बत्तीको (ज्वाइँसाब)
एस।डी। योगी-रुकुमैकोट (खुस्मा)
सुबास भुसाल-रिमै (पूजार सार्की)
दिपक शर्मा-विहे भाको छैन (छक्कापञ्जा ५)
आशिष अबिरल-काले केटोले (ऐंचोपैंचो)
उत्कृष्ट चलचित्र पाश्र्व गायक
प्रकाश सपुत-दर्शन गरें (पूजार सार्की)
निशान भट्टराई-कसम बत्तीको (ज्वाइँसाब)
एसडी योगी-रुकुमैकोट (खुस्मा)
सुमित खड्का-झम्के झमाझम (दिमाग खराब)
सबिन सुवेदी-विहे भाको छैन (छक्कापञ्जा ५)
उत्कृष्ट चलचित्र पाश्र्वगायिका
समिक्षा अधिकारी-बुझिनँ मैले (बोक्सीको घर)
शान्तिश्री परियार-रुकुमैकोट (खुस्मा)
नम्रता काफ्ले-झम्के झमाझम
मुना ठटाल-रिमै (पूजार सार्की)
इन्द्रकला राई-उडायो मन (बेहुली फ्रम मेगौली)
उत्कृष्ट म्युजिक भिडियो छायाँकार
रुपेश थापा-तिमीबिना चल्दैन
राजेश घिमिरे-पर्म लाउलानी
बुद्ध थापा-बस्यौ अलग्गै
उत्सब दाहाल-मनमा तिम्रो
अजय रेग्मी-यस्तो नि माया हुन्छ र
उत्कृष्ट म्युजिक भिडियो सम्पादक
प्रविन भट्ट-क्यारी हाँसुला
रविन वि.क.- लामपाते सुरती
मिलन विश्वकर्मा-छुनै हुन्न जस्तो
नविन घर्ती मगर-रिमै
दिनसन शाह-खाली खुट्टा
उत्कृष्ट म्युजिक भिडियो मोडल महिला आधुनिक
उषा सुवेदी-बिदाई
ऋचा थापा-एउटा जून
एलिना रायमाझी-भाग्य लेख्ने भगवान
ललना चिमोरिया-खाली खुट्टा
गरिमा शर्मा-यही त हो नि माया
उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष आधुनिक
दिपक घिमिरे-तिम्लाई माया गर्ने मुटु
प्रभातपाल ठकुरी-छुनै हुन्न जस्तो
शितल केसी-केबल माया
विनोद श्रेष्ठ-बिदाई
बिमल अधिकारी-यही त हो नि माया
उत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक
शान थापा-छुनै हुन्न जस्तो
सुब्रतराज आचार्य-एउटा जून
जीबी आग्री-जति टाले पनि
विक्रम चौहान-भाग्य लेख्ने भगवान
केशवराज भट्ट-अद्भूत माया
उत्कृष्ट ध्वनि सम्पादन
सुशील विक्रम शाह-एउटा जून
प्रकाश खरेल-गुनासो
कुमार राना-जता टाले पनि
भोला पौडेल-कता छ स्वर्ग
किशोर थापा-खाली खुट्टा
उत्कृष्ट संगीत संयोजक आधुनिक
नरेन्द्र वियोगी-कलेजी खाइहाल्यो
कमल सौराग-जति टाले पनि
कृष्ण केसी-भीरको बाटो
शाहस शाक्य-गुनासो
विपिन आचार्य-आदत
उत्कृष्ट युगल गायन
अन्जु पन्त र नरेश रेग्मी-धर्ती र जूनको कहानी
प्रतिमा केसी र किरण भुजेल-खाली खुट्टा
दिपकराज विश्वकर्मा र मुना ठटाल-ओ माया
सुमन केसी र अनु चौधरी-सँगै बाँचौला
बी.पी. वाग्ले र विद्या तिवारी-पिपलु पातमा
उत्कृष्ट गीतकार आधुनिक
रमेश दाहाल-जति टाले पनि
हरिराम पौडेल-पिरतीको गीत
महेश आचार्य-तिमी सँगै छैनौ
डा. ओमकृष्ण प्रसाईं-पिता
भुपेन्द्र बुढाथोकी-भाग्य लेख्ने भगवान
उत्कृष्ट संगीतकार आधुनिक
नरहरि प्रेमी- घर छोडेको मान्छे
सुरज पण्डित -जति टाले पनि
विपिन अचार्य-आदत
सञ्जिव कुमार पौडेल-त्यो धर्तीको माटोले
केशव पौडेल-पागल
उत्कृष्ट डायस्पोरा गीत
भामा शर्मा-आदत
सरला श्रेष्ठ-गुनासो
दिपेन्द्र खड्का-सँगै बाँचौला
साबु गदाल-अरुको बन्न सकिनँ
दिपेन्द्र आले-ढल्केबरैमा
उत्कृष्ट गायक आधुनिक
कृष्ण केसी-भीरको बाटो
गोविन्द मधुर आचार्य-एक दिन उज्यालो छाउला
सुरज पण्डित -जति टाले पनि
प्रल्हाद तिमिल्सिना-एउटा जून
हिमाल सागर-यही त हो नि माया
उत्कृष्ट गायिका आधुनिक
बबिना भट्टराई-गुनासो
निखिता थापा-लाजले झुकेँ
एलिना चौहान-तिमी बिना चल्दैन
शोभा पाण्डे- ए मन
सदिक्षा कट्टेल-कलेजी खाइहाल्यो
उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
तारा थापा
निशा गुरुङ
सपना रोका
जमुना सुनार
बिमा अनुरागी
उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
सुमन खड्का
निशान्त विक
राजु लामिछाने
प्रितम आचार्य
सबिन आचार्य






