काठमाडौं,
वैशाख १८ ।
कलाकार एवं निर्देशक दीपाश्री निरौलाले काडाँघारीस्थित ॐ श्री ज्वलर्सको उद्घाटन गर्नुभएको छ । युवा व्यवसायी सुरेश नेपालले सनराइज चोक काडाँघारीमा ज्वलर्स व्यवसाय सुरु गर्नुभएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आर्थिक अवस्थामा भइरहेको गिरावटका बाबजुद पनि कुनै पर्वाह नगरी हिम्मतका साथ ज्वलरी व्यवसाय सुरु गर्नुभएको हो ।
स्वदेशमै केही गर्ने उद्देश्यले शुरु गरिएको ज्वलरी व्यवसायलाई ग्राहकको माग अनुसार देशैभरी शाखा विस्तार गरिने उहाँले जानकारी गराउनुभयो । निर्देशक दीपाश्री रिवन काटेर उद्घाटन गरेको ज्वलर्समा विभिन्न क्षेत्रका व्यक्तिको बाक्लो उपस्थिति थियो ।






