संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं,
वैशाख १२ ।

संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो बैठक आज बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।

बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्ततु गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार