‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारणमा

काठमाडौं,
वैशाख ५ ।

चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’को सिजन २ प्रसारणमा आएको छ । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आएको हो ।

कार्यक्रम प्रत्येक बिहीबार बेलुका ८ः३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युवमा अपलोड हुने प्रस्तोता रिजालले जानकारी गराउनुभयो । विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ ।

कार्यक्रमको पहिलो भाग फिल्म ‘होष्टल ३’ अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिनुभएको छ । अबको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनुहुनेछ ।

रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा सञ्चालन गर्नुभएको थियो । पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अबभने बागमती टेलिभिजन एचडीबाट प्रसारणमा आएको हो ।

यसमा तपाइको मत

अन्य समाचार