न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा ‘बदमास’ (भिडियोसहित)

काठमाडौं,
वैशाख ५ ।

मेनुका पौडेलको स्वरमा रहेको गीत ‘बदमास’को सार्वजनिक गरिएको छ । न्हृयू बज्राचार्यले संगीत, गोपाल रसाइलीको एरेञ्ज र सुन्दर राजभण्डारीको शब्द रहेको गीतको भिडियो बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियोको निर्माता गीतकार राजभण्डारी नै हुनुहुन्छ भने कार्यकारी निर्माताको रूपमा विक्रान्तमान श्रेष्ठ रहनुभएको छ ।

विमलेश अधिकारीको निर्देशन र करण शाहको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय छ । हरि हुमागाईंको छायांकन रहेको गीतको भिडियोमा प्रवीण मानन्धरको सम्पादन छ । प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हाल्नुभएको छ ।

समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार