काठमाडौं
चैत २९ ।
नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ । बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।
ूनेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्नसमेत अनुरोध गरेको छ ।






