अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको निधन

अर्घाखाँची,
चैत २४ ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । मालारानी गाउँपालिका-३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी- ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल रहनुभएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा बिहान ६ बजेतिर मृत्यु भएको थियो ।

सोही दुर्घटनामा परी जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते हुनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार