एनआरएनए महाधिवेशन प्रतिनिधिको आवेदन खुला

काठमाडौं,
चैत २४ ।

आगामी मे ३ देखि ५, २०२५ मा काठमाडौंमा हुने रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि (डेलिगेट) आवेदन खुला गरिएको छ । सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्च स्तरीय समितिले समितिको वेबसाइटमा गएर डेलिगेट बन्न निवेदन दिन आग्रह गरेको छ ।

डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल २०२५ सम्म रहेकाले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन समितिले आग्रह गरेको छ । एनआरएनए उच्चस्तरीय समितिले आधिकारिक रूपमा आवेदन दिने व्यवस्था मिलाएको जनाएको छ । एनआरएनए सदस्यता नलिएका व्यक्तिहरूले अप्रिल ७ तारिखभित्र सदस्यताका लागि आवेदन दिइसक्नु पर्ने उच्चस्तरीय समितिले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार