काठमाडौं
चैत २१ ।
एनआरएनए जापान नागानो क्षेत्रीय समिति, नेपाल समाज नागानो केन जापान र देब छायाँ फाउन्डेशनको सहकार्यमा ललितपुर, लामाटारका अशक्त मोहन थापालाई बुधबार एक कार्यक्रमको आयोजना गरि ह्वीलचेयर स्कूटर हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी, कलाकार, पत्रकार र गायकहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कलाकार, निर्देशक सुरज खनाल, बिनोद राई, लेखान्त भुसाल रहनुभएको थियो भने पत्रकार सानु श्रेष्ठ, वर्षा खनाल, श्यामहरी शिवभक्ति तथा गायक मोतिराज खनाल लगायतलाई सम्मान अर्पण गरिएको थियो ।






