पिताम्बरको ‘सपना’ आउँदै

चितवन,
चैत २१ ।

टेलिसिरियल ‘रिटायर हल्दार’मा ‘साधुराम’ पात्रको भूमिकाबाट लोकप्रिय बन्नुभएका पिताम्बर आचार्यले मोफलमा बसेर ‘सपना’ बनाउँदै हुनुहुन्छ । आचार्यको लेखन, निर्देशनमा ‘सपना’ नामक सिरियल नयाँ वर्ष २०८२ को शुभकामना स्वरुप वैशाखको पहिलो साताबाट आफ्नै युटुव च्यानल पिआचार्यमार्फत रिलिज हुने भएको छ ।

चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘सपना’ सिरियलमा हरेक मान्छेले आफ्नो दैनिक जीवनमा देख्ने सपनालाई मूख्य कथावस्तु बनाई सन्देश मूलक र मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा निर्माता, निर्देशक आचार्यले बताउनुभयो ।

‘सपना’मा पिताम्बरसँगै सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पुकुमार गुप्ता, अर्नुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमायाँ वास्तोला, राजकुमार भुजेल, लक्ष्मी वास्तोला, सुमित्रा रेग्मी, मायाँ रेग्मी, टिकटक भाइरल विश्वसुन्दी, अफ्रिकन क्वीन लगायतका कलाकारको अभिनय रहने छ भने बाल कलाकारमा सुवत लामिछाने, सिरोज पौडेल, कान्छी वास्तोला रहनुभएको छ ।

‘सपना’को शीर्ष गीत युवा आख्यानकार भीष्मराज फुलारा, संगीत राजेन्द्र बजगाई, श्रृंगार सञ्जय लामा, छायांकन तथ सम्पादन आवाष रानाको छ ।

यसमा तपाइको मत

अन्य समाचार