ट्रेन्डिङमा ‘कर्मा’को ‘पागल’

काठमाडौं,
चैत १९ ।

सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुशान्त केसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सन अर्न्तगत सात नम्बर ट्रेन्डिङमा छ ।

प्रेमिल गीतमा शब्द तथा सङ्गीत पनि गायक केसीकै छ । हालसम्म यो गीतलाई करिब तीन लाख १५ हजार दर्शकले हेरिसकेका छन् ।

चलचित्रका लागि पार्नुभएको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ ।

गीतको भिडियोमा विपीन कार्की र उपासना सिंह ठकुरीको अभिनय छ । नेपाल र विदेशमा एकसाथ रिलिज हुने यो चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर यही चैत २९ गते रिलिज हुँदैछ ।

सौरभ चौधरीको लेखन र निर्देशन रहेको चलचित्रमामा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार