‘आमा आज पनि रुन्छिन्’ निर्माण हुने

काठमाडौं,
चैत २ ।

चलचित्र ‘आमा आज पनि रुन्छिन्’को शुभमुहूर्त गरिएको छ । काठमाको  कोटेश्वर अवस्थित महादेव मन्दिरमा एक कार्यक्रमबीच उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त समारोहमा प्रमुख अतिथि ज्येष्ठ नागरिक जीवनलाल शर्मा पौडल रहनुभएको थियो । समारोहमा दीप, कलश, गणेश पुजन गरी प्रमुख कलाकारहरू सरोज खनाल र रविन्द्र झाले मुहूर्त सट दिनुभएको थियो । पत्रकार गीता अधिकारीको एक्सन कट, सम्पादक अभ्युदय खतालको क्ल्याप र प्रमुख अतिथिको हातबाट क्यामेराको स्विच अन गरी मुहूर्त सट लिइएको थियो ।

एआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र संसारभरका आमाहरूमा समर्पित भनिएको छ । चलचित्रको निर्मातामा गिर्वाणविजय खड्का र सेवन्तक खड्का रहनुभएको छ ।

अशु अशेष गिरीको निर्देशन रहने चलचित्रको मुख्य कलाकारमा सरोज खनाल, गौरी मल्ल, मुस्कान पौडेल, रविन्द्र झा, आशा भुसाल, सुदीप शाह ठकुरी, आराध्यालक्ष्मी खड्गी, देशभक्त खनाल, रेट्रोना बानियाँ, बालकलाकार आर्यन पौडेल र विशेष भूमिकामा सुदर्शन बुढाथोकी रहनुभएको छ ।

गणेश सुवेदीका गीत तथा लेखन रहेको चलचित्रमा संगीतकार सचिन गिरी, निर्देशक गोविन्द प्रभात, छायांकार निरज कँडेल, सम्पादक अभ्युदय खनाल मेकअप आर्टिष्ट सन्तु तामाङ, केश विन्यास सञ्जु ढकाल, निर्माण नियन्त्रक श्री बुढाथोकी, तुलसीप्रसाद चौलागाईं रहनुभएको छ ।

चलचित्रमा मुख्य सहायक निर्देशक रामशरण कोइराला, सहायक निर्देशक सुवास गौतम, रोहिणी अग्रवाल, राजकुमार कार्की, निश्चल तामाङ रहनुभएको छ ।

यही चैत २० गतेदेखि छायांकनमा जान लागेको चलचित्रको छायांकन पूर्वको सुन्दर शहर इलाम, झापा, मोरङ जिल्लाका विभिन्न क्षेत्रमा गरिने निर्माण पक्षले जनाएको छ । पण्डित हरिप्रसाद खतिवडाको स्वस्ति वाचनबाट सुरु भएको शुभमुहूर्त समारोहमा चलचित्रमा संलग्न कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार